नेताहरू डरले धमाधम राजीनामा दिँदै

khabarday.com

काठमाडौं ।
देशभर बढ्दो जनआन्दोलन र जनआक्रोशबीच राजनीतिक वृत्तमै हलचल देखिन थालेको छ। विद्यार्थीमाथि भएको गोलीकाण्डपछि जनताको आक्रोश चुलिँदै गएपछि नेताहरू नै दबाबमा परेका छन्।

विश्वसनीय स्रोतका अनुसार केही नेताहरू पार्टीभित्रैबाट आलोचना, सडकबाट जनताको चर्को विरोध र नेतृत्वमा देखिएको असुरक्षाका कारण राजीनामाको घोषणा गर्न बाध्य भएका छन्। जनताको आक्रोशको डरले उच्च पदस्थ नेताहरू पद छोड्न थालेको बुझिएको छ।

विशेषज्ञहरूले जनताको बलियो दबाबलाई अस्वीकार गर्न नसकिने बताउँदै भनेका छन्, "जनताले उठाएको आवाज अझै चर्को बन्दै जाने हो भने ठूला नेताहरूको पद सुरक्षित रहने सम्भावना न्यून छ।"

प्रतिक्रिया