काठमाण्डौ । कैलाली, बाँके, बर्दियालगायतका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।
पानी पार्ने प्रणाली उत्तर पूर्वतिर सर्दै गइरहेकाले अबको केही समय सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भेगका केही ठाउँहरुमा तथा पहाडी भेगका थोरै ठाउँहरुमा चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसोपख देशका अरु ठाउँमा पनि पानी पर्नेछ ।
२२ बैशाख २०८२, सोमबार ०८:३३ मा प्रकाशित