त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द तयारीमा

khabarday.com

काठमाडौं – देशभर बढेको प्रदर्शन र सुरक्षा चुनौतीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी भइरहेको जानकारी प्राप्त भएको छ। प्रदर्शनकारीहरूको दबाब र जनआक्रोश बढेपछि सुरक्षाकर्मी र प्रशासनले विमानस्थलको सुरक्षा कडा बनाउँदै सम्भावित बन्दको योजना बनाएको बताइएको छ।

यो तयारीका कारण भित्री तथा अन्तर्राष्ट्रिय उडानमा असर पर्ने अनुमान गरिएको छ। अधिकारीहरूले यात्रुहरूलाई अपडेट र वैकल्पिक योजना अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया