काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबार बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गर्दै हालै जेनजीमाथि भएको गोलीकाण्डप्रति चिन्ता व्यक्त गरेका छन्।
भेटका क्रममा मेयर शाहले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई कडा आग्रह गरेका छन्। उनले भने, “सार्वजनिक सुरक्षामा प्रश्न उठ्ने खालका यस्ता आपराधिक गतिविधि सह्य छैनन्, दोषीलाई तत्काल पक्राउ गर्नुपर्नेछ।”
प्रधानमन्त्रीले यस विषयलाई गम्भीरतापूर्वक लिइएको र सुरक्षासम्बन्धी निकायलाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिएका छन्।
यसअघि राजधानीमा जेनजीमाथि अज्ञात समूहले गोली प्रहार गरेको घटनाले आम नागरिकमा आतंक सिर्जना गरेको थियो। घटनापछि दोषीलाई तत्काल कारबाहीको माग बढ्दै गएको छ।
८ असोज २०८२, बुधबार ०९:२० मा प्रकाशित