काठमाडौं – देशभर बढेको प्रदर्शनका कारण राजनीतिक नेताहरू भाग्न थालेका छन्। कतिपय नेताहरू आफ्नो निवास र कार्यालयबाट बाहिर नआई गोप्य ठाँउमा सारीएका छन्।
सरकारी मन्त्रालय र मन्त्रीहरूको क्वाटरबाट पनि केही मन्त्रीहरूलाई सुरक्षा कारण सारीएको छ। प्रदर्शनकारीहरूले घर र पार्टी कार्यालय घेराउ गर्दा सुरक्षाकर्मी व्यापक परिचालनमा छन्।
जनआक्रोश चरम अवस्थामा पुगेको छ भने नागरिकहरूले नेताहरूलाई जवाफदेही बनाउन सडक दबाब जारी राख्ने चेतावनी दिएका छन्।
२४ भदौ २०८२, मङ्गलबार ०१:०६ मा प्रकाशित