ठगीको आरोपमा युवक पक्राउ

Hari Bahadur Giri

नक्कली ID खोली फेसबुक, WhatsApp र TikTok मा ठगी गर्दै आएका युवकलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ।

काठमाडौं।
सामाजिक सञ्जाल प्रयोग गरेर नक्कली परिचय बनाएर आर्थिक लाभ उठाउने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले सार्वजनिक गरेको जानकारीअनुसार काभ्रेपलान्चोकको भूम्लु गाउँपालिका–८ का २७ वर्षीय शंकर लामा पक्राउ परेका हुन्।


लामाले विभिन्न व्यक्तिलाई Friend Request पठाई विश्वास जित्ने, जागिरको प्रलोभन देखाउने, आर्थिक सहयोगको नाममा रकम माग्ने लगायतका कार्य गर्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई हाल थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पेस गरिएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार ठगीसम्बन्धी अन्य घटनाबारे पनि अनुसन्धान तीव्र पारिएको छ।

प्रतिक्रिया