राष्ट्रिय स्वतन्त्र पार्टीका सिन्धुपाल्चोक क्षेत्र नं १ का उम्मेदवार दिनेश श्रेष्ठद्वारा तेम्वाथानका मतदान अधिकृत(बिनोद नेपाल) र नेपाली प्रहरि सहायक निरीक्षकलाइ आफ्नो ज्यानको बाजि लगाएर सकुशल र सुरक्षित मतदान गराउन सफल भएकाले खादा द्वारा सम्मान गर्नुभएको हो ।
सिन्धुपाल्चोककै बिकट भुगोल जुगल गाउँपालिका- ३ को तेम्वाथानमा पहिलो पटक आफ्नै आगनबाट मतदान गर्न पाएकोमा स्थानीय खुसि भएपनि , कठिन भु-संरचनामा गएर मतदान गराउनु चुनौतीपुर्ण भएको मतदान अधिकृत नेपालले बताउनुभयो। सो स्थानबाट १४० मत खसेको छ।
कतै तुइन र कतै जंगलको बाटो हुँदै पुगेर मतदान गराउदा सम्वन्धित सबै टिमलाइ सुरक्षित ल्याउन नै कठिन परेको सुरक्षाकर्मिको भनाइ छ ।
यस्तो कठोर भु-भागमा पनि सफल तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्नु अनुकरणीय काम भएकाले यस्तो कामको खुलेर प्रशंसा गर्न उम्मेदवार श्रेष्ठले सबैमा आग्रह गर्नुभयो।
