फिल्म अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश ‘ख’तर्फ उम्मेदवारी दर्ता गरेका छन् । केही समय अगाडी देखि सक्रिय राजनीतिमा रहेका श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का बागमती प्रदेश अध्यक्ष समेत हुन् ।
‘मेरो उम्मेदवारी युवाहरुलाई राजनीतिमा आउनेतर्फ प्रेरणा दिनु हो । परिवर्तनको लागी अगाडी बढ्नै पर्छ,’ उनले भने । विकास निर्माणसँगै सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय रहेका श्रेष्ठले सम्झिदिए पुग्छ, २ दुना ५, ह्याप्पी न्यू इयर, पल्टन, जंगली फूल, को कसको, द मस्ट वान्टेड, बोर्डर र जन्जिर जस्ता फिल्ममा अभिनय गरेका छन् । पछिल्लो समय फिल्म वितरण अगाडी रहेका श्रेष्ठले चार फिल्म निर्माण गरेका छन्
