सिन्धुपाल्चोक ।
बलेफी गाउँपालिका वडा नं. ७ मा अध्यक्ष गृबिन्द चौलागाईं , कार्यपालिका सदस्य समिक्षा भुजेल र स्थानीय बासीको सक्रियतामा बाल शिक्षा , सुनकोसी र चिम्लिङ सडक को किनारमा बिरुवा रोप्ने काम सम्पन्न भएको छ ।
स्थानीय बासीको अनुसार कागती , चाप, तेजपत्ता ,अमला कोइराला जस्ता विभिन्न जातिका बिरुवा रोपेको बताउँछन् । यसरी वृक्षरोपनले लोप हुन लागेको बोट बिरुवा लाई जोगाउन , बलेफी गाउँपालिका लाई सुन्दर हरियाली बलेफी बनाउन र पर्यटकीय स्थल बनाउन मदत पुर्याउने अध्यक्ष गृबिन्द चौलागाईं ले बताउनु भयो ।
वृक्षरोपन मात्र नभई आगामी दिन मा अरु कार्यहरु लाई अगाडि बढाउने प्रतिबद्धता दिनुभएको छ।


