सिन्धुपाल्चोक । २०६७ साल जेठ १० देखि २० गतेसम्म लामोसाघु बजार ,सिन्धुपाल्चोकमा सुनकोशी बहुमुखी क्याम्पस र श्री सेतीदेवी शारदा उच्च माध्यमिक बिद्यालयको सहयोगार्थ को लागी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाएको थियो ।
सप्ताहको प्रमुख वाचक वाचन प्रवीण पं. दिन्बन्धु पोख्रेल, संचालक भुपेन्द्र थापा (सुनकोशी बहुमुखी क्याम्पस ) , अध्यक्ष के.वि. कार्की ( सेतीदेवी शारदा उ. मा. बि.) ,राजेन्द्र कुमार श्रेष्ठ संयोजक (मुल आयोजक समिति ) र प्रमुख अतिथि बिष्णु बहादुर खत्री थिए ।
महायज्ञबाट सङ्कलित रकमले सिन्धुपाल्चोकमा रहेको सुनकोशी बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह सन्चालन तथा श्री सेतीदेवी शारदा उच्च माध्यमिक बिद्यालयमा विज्ञान संकाय र प्राविधिक शिक्षाको थालनी गर्ने थियो । तर एक दसक बढी (१२ बर्ष ) बितिसक्दा पनि न त सुनकोशी बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह सन्चालन भयो न सेतीदेवी शारदा उ. मा. बि. मा विज्ञान संकाय र प्राविधिक शिक्षाको थालनी भयो । आखिर के कारणले भएन कहिले हुन्छ त अब ?
हामी यसको निरन्तर फलोअप गर्ने छौ