सिन्धुपाल्चोक,
रामचन्द्र बस्नेत।
पछिल्लो एक सातामा सिन्धुपाल्चोकमा बलत्कारको घटना एकाएक बढ्न थालेको छ । साना बालिका देखि उमेर पुगेका र बाहिरबाट पर्यटक बनेर घुम्न आएका युवतिहरुलाइ समेत बलत्कार गरेको घटना नेपाल प्रहरी सामु आएकाले आम सर्वसाधारण ढुक्क हुन सकेको छैन।
गत असार १३ गते सिन्धुपाल्चोकको बाह्रबिसे इलाका प्रहरी कार्यालयमा ११ वर्षिय बालिकालाइ ८१ वर्षिय बृध्द पुरुष द्वारा करणि भएको जाहेरि परेको थियो । सो घटनाको प्रारम्भिक अनुसन्धान सुरु भइ पिडकलाइ अनुसन्धानको दायरामा ल्याउन हिरासतमा लिइसकेको इलाका प्रहरी कार्यालय सिन्धुपाल्चोक बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक मुकेश न्यौपानेले जानकारी दिनुभयो।
त्यस्तै अर्को घटना हो , सिन्धुपाल्चोक स्थान क ( नाम परिवर्तन गरिएको) मा १६ वर्षिय बालकले ०७ बर्षको बालिकालाइ आफ्नै घरमा करणि गरिरहेको फेला पारेपछि परिवारको सहायता उक्त बालकलाइ जिल्ला प्रहरी कार्यालयले हिरासतमा लिएको थियो।
पर्यटक पनि रहेनन् अछुतो
पछिल्लो समयमा काठमाडौंबाट जल तथा स्थलिय भ्रमणका लागि जिल्लाकै रमणिय स्थान मध्ये एक सुकुटेमा आउने गरेका पर्यटक पनि यो अपराधबाट अछुतो रहन सकेनन्। स्थानीयहरु बिभिन्न क्षेत्रबाट लागि परेर पर्यटन प्रवर्द्धनकोलागि खटिरहेका बेलामा काठमाडौं बाट आएका ३ पुरुष द्वारा भक्तपुरका २६ वर्षिय महिलालाइ सामुहिक बलत्कार भएको घटना सार्वजनिक हुदा त्यसले स्थानीय स्तरमा उठ्न लागेको जल पर्यटनमा ठुलो धक्का पुग्न सक्ने बिज्ञहरु वताउछन् ।
यसरी भुकम्प ,बाढि, उत्तरी नाका बन्द भएको एकमात्र आयको प्रवल सम्भावना रहेको ब्यबसाय नै जोखिमयुक्त बनेको हो । घटनाको अध्ययन गर्दा आजसम्म अपराधिहरु फरार नरहेपनि , चेलिहरुको सुरक्षाको सहि प्रत्याभूति दिन नसकेकोको आभाष भइरहँदा अझै डरमै बाँच्न बाध्य छन् ।